काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) ले मतदाताको अभिमतको अवमूल्यन गरेको आरोप लगाएका छन्।
एमालेले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा धाधली भएको आरोप लगाएपछि त्यसको प्रतिक्रियामा थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’
आजै एमालेले एक वज्ञप्ति जारी गरी मतगणना पक्रियामा सरकार पक्षबाट धाँधली भएको १५ बुँदामा आरोप लगाएको थियो।
यो पनि पढ्नुहोस्
एमालेको आश : आजसम्म मात्रै बालेन, भोलिदेखि स्थापितले अग्रता लिने
Facebook Comment
Comment