चेल्सीलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै लिभरपुलले जित्यो आठौँ पटक एफए कपको उपाधि

चेल्सी भने फाइनलमा पराजित भएको यो लगातार तेस्रो पटक हो।

नेपालभ्युज

चेल्सीलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै लिभरपुलले जित्यो आठौँ पटक एफए कपको उपाधि

काठमाडौं। इंग्लिस क्लब लिभरपुलले आठौँ पटक एफए कपको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै लिभरपुलले उपाधि चुमेको हो।

निर्धारित र अतिरिक्त समयको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा लिभरपुलले ६–५ गोल अन्तरले बाजी मार्यो।

चेल्सी भने फाइनलमा पराजित भएको यो लगातार तेस्रो पटक हो। साडियो माने पेनाल्टीमा चुक्दा चेल्सी लगातार तेस्रो पटक फाइनलमा पराजित भयो।

लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले पेनाल्टीमा गोल गरे।

चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएचले गोल गर्दा मानेसँगै सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुके ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved