हेटौंडामा कडा प्रतिस्पर्धा, जम्मा एक मतको अन्तर

नेपालभ्युज

हेटौंडामा कडा प्रतिस्पर्धा, जम्मा एक मतको अन्तर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा प्रत्यासीहरूबीच तीव्र प्रतिस्पर्धा चलेको छ। खासगरी गठबन्धनबाट उम्मेदवार बनेकी मीना कुमारी लामा र नेकपा एमालेका अनन्त पौडेलबीच कडा प्रतिस्पर्धा चलेको छ।

हेटौंडामा ३ हजार ७६ मतगणना भइसक्का नेकपा एमालेका पौडेल र गठबन्धनकी लामाबीच मात्र १ मतको तलमाथि छ। पौडेलले ९२३ मत ल्याउँदा लामाले ९२२ मत ल्याएकी छ। त्यस्तै राप्रपाका दीपक बहादुर सिंहले पनि ८३९ मत ल्याएर कडा चुनौती दिएका छन्।

उपमेयर भने गठबन्धनका राजेश बानियाँले १ हजार ३ ५० मत ल्याएका छन् भने एमालेकी सुमित्रा काफ्ले १०९६ मत ल्याएका छन्। त्यस्तै राप्रपाकी इन्दिरा न्यौपानेले २३३ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved