प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, करुवा छाप विजयी

नेपालभ्युज

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, करुवा छाप विजयी

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।

कांग्रेसबाट निस्काशित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved