निर्वाचन अधिकृतले नै तीन दिनको नियुक्ति दिएर १ दिनको पैसा दिए

नेपालभ्युज

निर्वाचन अधिकृतले नै तीन दिनको नियुक्ति दिएर १ दिनको पैसा दिए

महोत्तरी। महोत्तरीका एक मतदान केन्द्रका निर्वाचन अधिकृतले ३ दिनको नियुक्तिमा कर्मचारीलाई १ दिनको भत्ता मात्र दिएको पाइएको छ।

बर्दिबास नगरपालिका-९ पशुपतिनगर स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रका अधिकृत दिनेश पाण्डेले ३ दिनको नियुक्तिमा १ दिनको भत्ता दिएका छन्।

उक्त मतदान केन्द्रमा मसी लगाउन खटिएकी अमिरकला सिंहलाई उनले एक दिनको मात्र भत्ता दिएको पाइएको हो।

त्यस्तैगरी उक्त केन्द्रमै खटिएका अन्य ३ जनालाई समेत उनले १ दिनको मात्र भत्ता दिएको पाइएको छ। अमिरकला सिंहसहित खटिएका अन्य ३ जनालाई ३ दिनको नियुक्ति दिइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved