रौतहटमा लुटेर लगिएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्यायो

रौतहटका एसपीलाई स्पष्टीकरण सोधिने

नेपालभ्युज

रौतहटमा लुटेर लगिएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्यायो

जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिका–२ भेडीयाही गाउँको मतदान केन्द्रको स्थानीयले लुटेर लगेका मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका हुन्। बौधिमाई नगरपालिका–२ इनरवा टोलमा जसपा र एमालेबीच झडपपछि मतपेटिकामा आगो लगाइएको छ।

फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै मतपेटिका लुटिएको हो। घटनापछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved