प्रचण्ड र आरजुलाई आयोगले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। उनीहरूले दिएका अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

नेपालभ्युज

प्रचण्ड र आरजुलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। उनीहरूले दिएका अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।

प्रचण्डले चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए। यस्तो अभिव्यक्ति दिनुको अन्तरनिहीत मनसाय के हो भन्ने प्रश्नसमेत आयोगको छ। प्रचण्डको भनाइमा धेरैले मतदातालाई धम्काएको भन्दै अर्थाएका थिए।

यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित कांग्रेसका चुनावी सभामा बोलेका अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोधिएको हो।

उनले चारपाँच जनाका दरले वैदेशिक रोजगारीमा युवालाई पठाउने, कांग्रेसलाई मेयर नजितेका ठाउँमा बजेट नपठाउनेजस्ता अभिव्यक्ति दिएकी थिइन्। कांग्रेस नेताका हैसियतमा यस्ता अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन भनेर राणासँग स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved