वैशाख ३० गते ओलीको भ्रम र झुटको खेती हिसाब हुन्छ : प्रचण्ड

नेपालभ्युज

वैशाख ३० गते ओलीको भ्रम र झुटको खेती हिसाब हुन्छ : प्रचण्ड
फाइल तस्वीर

लालबन्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रम र झूटको खेती गरिरहेको आरोप लगाएका छन्।

स्थानीय निर्वाचनमा गठबन्धनका लागि मत माग्दै हिँडेका उनी आज सर्लाहीको लालबन्दी आइपुगेका थिए। यहाँ उनले ओलीको हिसाबकिताब वैशाख ३० गते हुने बताए।

नेकपा माओवादी केन्द्र लालबन्दी नगर समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, लोकतन्त्रविरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनले संघीयताविरोधी तत्त्वलाई पाखा लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने बताए। नेकपा एमालेलगायत केही पार्टीलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन नपरेको भन्दै उनले यसविरुद्ध षडयन्त्र भइरहेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved