गठबन्धनको कुनै गन्तव्य छैन, लुटलाट गर्न बनेको हो : ओली

उनले भने, ‘‘देउवालाई सोधे उहाँ आफै सोध्नुहुनेछ गठबन्धन भनेको के ? निहुँ खोज्या भन्नुहुन्छ। प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन्। माधव नेपालले अर्कै भन्लान्। यिनीहरूको गन्तव्य नै केही छैन।”

नेपालभ्युज

गठबन्धनको कुनै गन्तव्य छैन, लुटलाट गर्न बनेको हो : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गरेका छन्। आज ललितपुरमा आयोजित चुनावी सभामा उनले ३० वैशाखको स्थानीय निर्वाचनपछि समाप्त हुने बताए।

उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनको गन्तव्य के भन्ने नै थाहा नभएको बताए।

उनले भने, ‘‘शेरबहादुर देउवालाई सोध्नुस् त गठबन्धन के हो भनेर? उहाँ आफैले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नुहुन्छ। प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन्। माधव नेपालले अर्कै भन्लान्। यिनीहरूको गन्तव्य नै केही छैन।”

भोलि गठबन्धन कता जान्छ भनेर गठबन्धनका नेताहरूलाई थाहा नभएको उनले बताए। ३० गतेपछि गठबन्धन बागमतीमा सलल बगेर जाने दाबी गर्दै उनले अब गठबन्धन नचल्ने दाबी गरे।

उनले अहिलेको गठबन्धन नै हाटहुट र लुटलाट गर्न बनेको आरोप लगाए। उनले भने, ‘‘यो गन्तव्य नभएको, हाटहुट, लुटलाटमा चलेको गठबन्धन हो। यसले हाम्रा पार्टीका कार्यकर्तालाई गुण्डागर्दी शैलीमा हमला गर्छ। जनतालाई तर्साउने काम मात्रै गर्छ, निर्वाचनको बेलामा।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved