जिम्बावे ‘ए’ विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।

नेपालभ्युज

जिम्बावे ‘ए’ विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं। जिम्बावे ’ए’ विरुद्धको एकदिवसीय सिरिजअन्तर्गत आजको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।

सिरिजको दोस्रो खेलमा नेपालले आज त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हो।

पहिलो एकदिवसीयमा तीन विकेटको हार व्यहोरेको नेपाल आजको खेलमा जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो हारको बदला लिन चाहन्छ।

जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यसाथ मैदानमा हुनेछ। यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved