खुट्टामा नोट चढाएर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

नेपालभ्युज

खुट्टामा नोट चढाएर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार
तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं १० का वडाअध्यक्षका उम्मेदवार अमृत खनालले निर्वाचन आचारसंहिताविपरीत पैसा बाँडेर भोट मागिरहेको खुलेको छ। कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार खनालले मतदाताको खुट्टामा एक हजार रुपैयाँ राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो।

खनाल चुनावी प्रचारप्रसारमा घरदैलो अभियानका क्रममा मतदाताको खुट्टामा एक हजार रुपैयाँ दाम चढाएर भोट मागिरहेको स्थानीयले बताएका छन्।

सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि खनालले भने आफ्नी फुपूलाई ढोगेर दक्षिणा चढाएको स्पष्टिकरण दिएका छन्। उनले भनेका छन्,‘‘मेरी फुपू दिदीको हातबाट टीका लगाएपछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved