एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी भण्डारी कांग्रेस प्रवेश

नेपालभ्युज

एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी भण्डारी कांग्रेस प्रवेश

काठमाडौं। एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी मञ्जु भण्डारी नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा एमालेबाट उपाध्यक्ष बनेकी उनले शनिबार एक विज्ञप्ति निकालेर नेपाली कांग्रेस प्रवेश गरेको जानकारी दिएकी हुन्। शनिबार काठमाडौंमा कांग्रेस नेता मोहन बस्नेतले उनलाई पार्टी पार्टी प्रवेश गराएका हुन्।

उनले सुनकोशी गाउँपालिकामा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि पार्टी छाडेकी थिइन्। एमाले र माओवादीको गठबन्धनपछि उनले पालिका उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएकी थिइन्।

उनले फेसबुकमा लेखेकी छन्-

महिला हक र न्यायका लागि २४ वर्षसम्म अनवरत संघर्ष गर्दागर्दै षड्यन्त्र र जालझेलपुर्ण तरिकाले गरिएको राजनीतिक हत्याको विरुद्धमा विद्रोह गर्ने निर्णयमा पुगेँ । आजका मिति देखि नेकपा एमाले परित्याग गरेको घाेषणा गर्दछु । मेरा सम्पूर्ण शुभचिन्तक र समर्थक प्रति क्षमा प्रार्थी छु ।
No photo description available.

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved