मिथिलामा पनि कांग्रेसलाई आउट गर्दै जसपा र माओवादी चुनावी तालमेल

नेपालभ्युज

मिथिलामा पनि कांग्रेसलाई आउट गर्दै जसपा र माओवादी चुनावी तालमेल

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेसलाई आउट गर्दै जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेका छन्।

दुई दलबीच गठबन्धन गर्ने सहमति भएपछि जनता समाजवादी पार्टीका मेयरका प्रत्यासी उम्मेदवार चन्देश्वर महतो र माओवादी केन्द्रका उपमेयरका प्रत्यासी उम्मेदवार विमला अधिकारीले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

माओवादीले ११ वटा वडामध्ये मेयरसहित ६ वटा वडा पाएका छन भने जसपाले उपमेयरसहित ५ वटा वडा पाएका छन्। जसपाले १,२,४,५ र ६ नम्बर वडा र माओवादी केन्द्रले वडा नं. ३,७,८,९,१० र ११ नम्बर वडा लिने सहमति भएको छ।

माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका थिइन्। यस्तै जसपाबाट मेयरमा चन्देश्वर महतो र उपमेयरमा मनुमाया मोक्तानले उम्मेदवारी दर्ता गराएकी थिइन्।

भागबण्डामा परेका वडाबाट दुवै दलले वडाध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ। अब यहाँ नेपाली कांग्रेसबाट मेयरमा महेन्द्र महतो र उपमेयरमा निर्मला कोइराला र नेकपा एसबाट मेयरमा सूर्य प्रसाद पुडासैनी र उपमेयरमा कविता सिन्हाले प्रतिस्पर्धा गर्ने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved