सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपापलिका–१० बसपार्कस्थित सुनिता होटेल एण्ड लज चितुवाको छालासहित तीन जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्ला सिंजा गाउँपालिका ८ घर भई हाल सुर्खेत वीरेन्द्रगर नगरपालिका– १२ बस्ने ४० वर्षीया दलबहादुर बुढा, सोही ठाउँ– १४ बस्ने ४१ वर्षीया भरतबहादुर बुढा र सोही ठाउँ बस्ने २३ वर्षीया अम्मरबहादुर थापा रहेको प्रहरीले जनाएको छ।
शंकास्पद अवस्थामा बसेको फेला पारी निजहरुको शरिर तथा सो होटल कोठाको खानतलासी गर्दा, होटल कोठाको टेबलमा रहेको जेब्रा झोला भित्र टाउकोदेखि पुच्छरसम्म ९ फिट लम्बाइ भएको चितुवाको छाला (ओखेटोपहार) थान – १ बरामद भएको र आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
Facebook Comment
Comment