चार वर्षपछि सर्वसाधारणको लागि खुल्यो सातदोबाटो पौडी पोखरी

सर्वसाधारणतर्फ टिकट दर २०० तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १५० तोकिएको छ।

नेपालभ्युज

चार वर्षपछि सर्वसाधारणको लागि खुल्यो सातदोबाटो पौडी पोखरी

काठमाडौं। ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरमा रहेको अन्तर्राष्ट्रिय पौडी पोखरी आज (बुधबार)देखि सर्वसाधारणका लागि खुला गरिएको छ।

चार वर्षपछि पहिलो पटक यो पौडी पोखरी सर्वसाधारणका लागि सञ्चालनमा आएको हो। कोभिड र मर्मत सम्भारका लागि विगत चार बर्षदेखि यो पोखरी सर्वसाधारणका लागि बन्द गरिएको थियो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच औपचारिक शुभारम्भ गर्दै पौडी पोखरी सबैका लागि खुल्ला गरेका हुन्। घिसिङले सुरक्षा र प्रशिक्षण लगायत सबै दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन पनि दिएका छन्।

बुधबारदेखि पौडी पोखरी सर्वसाधारणका लागि तीन सिफ्टमा (१०–१२, १–३ र ४–७ बजेसम्म) सञ्चालन गरिने बताइएको छ।

जसका लागि सर्वसाधारणतर्फ टिकट दर २०० तथा कम्तीमा १० जनाको समूहका लागि टिकट दर १५० तोकिएको छ।

त्यसैगरी, मासिक, त्रैमासिक र फुल सिजन सदस्यता लिने सुविधा पनि रहेको छ। पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved