मेयरको टिकट पाउन एमाले प्रवेश गरे, नपाएपछि एक साता नपुग्दै छाडे पार्टी

नेपालभ्युज

मेयरको टिकट पाउन एमाले प्रवेश गरे, नपाएपछि एक साता नपुग्दै छाडे पार्टी

काठमाडौं। जनकपुर उपमहानगरपालिकाको मेयरमा टिकट पाउने पक्कापक्की जस्तै भएका जानकीराम साहले टिकट नपाएपछि पार्टी परित्याग गरेका छन्। एमालेले टिकट दिने आश्वासन दिई पार्टी प्रवेश गराएका जानकीरामले टिकट नपाएपछि ६ दिनमै पार्टी छाडेका हुन्।

जनकपुरधाम– ७ का वडाध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर ६ दिनअघि मात्रै एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका थापे। टिकट पाउने पक्का जस्तै भएपछि काठमाडौं आई उनी गत ६ वैशाखमा ओलीनिवासमा पुगेर पार्टी प्रवेश गरेका थिए। एमालेले जनकपुरको मेयरमा शिवशंकर साहलाई टिकट दिएको छ।

जानकीरामले आजै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved