जीतपुर-सिमरा उपमहानगरमा गठबन्धनबाट माओवादी आउट, एकलौटी गरेको आरोप

नेपालभ्युज

जीतपुर-सिमरा उपमहानगरमा गठबन्धनबाट माओवादी आउट, एकलौटी गरेको आरोप

काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनभित्र किचलो देखापरेको छ। नेकपा माओवादी (केन्द्र) ले एकलौटी गरेको आरोप लगाउँदै सत्तारुढ दलहरूले माओवादीबाहेक गठबन्धन बनाएका छन्।

गठबन्धनको केन्द्रको बैठकबाट मेयरमा माओवादी र उपमेयरमा नेपाली कांग्रेसलाई भागबण्डा गरेको थियो। तर मा‌ओवादी केन्द्रले गठबन्धनको मर्मविपरीत वडास्तरका प्रायः सबै ठाउँमा उम्मेदवारी दिन थालेको भन्दै गठबन्धनका अन्य दल रुष्ट भएका हुन्।

आज कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै माओवादीबेगर गठबन्धन बनाउने निर्णय गरेका हुन्।

मेयर पाएको दलले वडालगायत अन्य ठाउँमा लचकता देखाउनुपर्नेमा माओवादीले एकलौटी गर्दै उम्मेदवार खडा गर्न लागेको प्रति तीन दलले आपत्ति जनाएका हुन्।

गठबन्धन र शक्ति सन्तुलनको भावनाविपरीत माओवादीले गतिविधि बढाएको भन्दै तीन दलले माओवादीबाहेक छुट्टै गठबन्धन बनाएर मेयरको उम्मेदवार खडा गरी प्रत्येक वडासम्म गठबन्धन गर्ने निर्णय गरेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved