मकवानपुरका स्थानीय तहमा कांग्रेसले टुंगो लगायो उम्मेदवार

नेपालभ्युज

मकवानपुरका स्थानीय तहमा कांग्रेसले टुंगो लगायो उम्मेदवार

हेटौंडा । नेपाली कांग्रेसले पनि जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले गठबन्धनबाट पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पद पाएको थियो।

आइतबार साँझ कांग्रेस संसदीय समिति मकवानपुरले आफ्नो भागमा परेको पालिकाको उम्मेदवार टुंगो लगाएको हो।

कांग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल र मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यसैगरी बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र इन्द्रसरोवर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगो भने केन्द्रीय बैठकले लगाउने कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved