कांग्रेसबाट टिकट नपाएपछि मलंगवाका मेयर जसपा प्रवेश

नेपालभ्युज

कांग्रेसबाट टिकट नपाएपछि मलंगवाका मेयर जसपा प्रवेश

मलंगवा । सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरसल साह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।

कांग्रेसले पुनः उनलाई टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका हुन्। जसपा प्रवेश गरेलगत्तै उनले पार्टीबाट टिकट पाएका छन्।

साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, जिल्ला अध्यक्ष वीरेन्द्र यादव लगायतले जसपामा प्रवेश गराएका हुन्। कांग्रेसले मलंगवा नगरपालिकाको मेयरमा यो पटक पूर्वमेयर नागेन्द्र यादवलाई टिकट दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved