स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ। बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरू भएको निर्वाचन आयोगले जनाएको छ।

नेपालभ्युज

काठमाडौं। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ। बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरू भएको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी दर्ता गराउन अहिले उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालय पुग्न थालेका छन्।

कतिपय स्थानीय तहमा उम्मेदवारहरूले बाजागाजासहित र्‍याली निकालेका छन्। निर्वाचन लड्न चाहनेहरूले देशका ७ सय ५३ पालिकामध्ये आफ्नो पालिकामा आजदेखि उम्मेदवारी दिन सक्नेछन्। निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ। यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिन मात्रै रहने गरेको थियो।

तर मनोनयन पत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुबैलाई चाप धेरै पर्न गएको अनुभवका आधारमा यस पटक दुई दिन उम्मेदवारी दर्ताको समय राखिएको सहसचिव एवम् निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved