जसपाका नेता उमेश यादवद्वारा पार्टी परित्याग

नेपालभ्युज

जसपाका नेता उमेश यादवद्वारा पार्टी परित्याग

विराटनगर। जनता समाजवादी पार्टीका नेता उमेश यादवले पार्टी परित्याग गरेका छन्। अघिल्लो निर्वाचनमा विराटनगर महानगरको मेयरका उम्मेदवार रहेका नेता यादवले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

यादवले यसपटक पनि मेयरको दाबी गर्दै आएको थिए। सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो।

मेयरको दाबेदार यादव विराटनगरमा गठबन्धन नगरी जसपा एक्लै लड्नुपर्ने पक्षमा थियो। तर, गठबन्धनका कारण पार्टीबाट मेयरको टिकट नपाएपछि उनले सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयरमा उठेका यादवले १४ हजार ९ सय ५८ मत ल्याएर पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved