धनगढीको मेयरमा वडलाई नै दोहोर्‍याउने गठबन्धनको निर्णय

नेपालभ्युज

धनगढीको मेयरमा वडलाई नै दोहोर्‍याउने गठबन्धनको निर्णय

धनगढी । धनगढी उपमहानगरपालिको मेयर पदमा पुनः नृपबहादुर वड उम्मेदवार बन्ने भएका छन्। सत्ता गठबन्धनका पाँच दलबीच भएको सहमतिअनुसार कांग्रेसले आफ्नो भागमा परेको धनगढीमा वडलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पुनः मेयरको टिकट ल्याएर मेयर वडले शनिबार बिहान धनगढी आएका छन्। धनगढी आएर उनले आफ्नो नाम निश्चित भइसकेको बताए। उनले आजै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।

०७४ सालमा भएकाे स्थानीय तह निर्वाचनमा वड धनगढीकाे मेयरमा विजयी भएका थिए। त्यतिबेला स्वतन्त्र उम्मेदवार गाेपाल हमालले उनलाई निकटतम प्रतिस्पर्धी भएर टक्कर दिएका थिए। हमाल अहिले पनि चुनावी मैदानमा छन्।

अहिले सत्तारुढ पाँच दलकाे गठबन्धन हुँदा धनगढीकाे मेयर कांग्रेसको भागमा परेको थियाे । उपमेयर नेकपा माओवादी केन्द्रकाे भागमा परे पनि उसले उम्मेदवार चयन अझै गरेकाे छैन।

माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना ०७४ काे चुनावमा तेस्राे बनेका थिए भने एमाले उम्मेदवार दुर्गा जाेशी चाैथाे स्थानमा खुम्चेका थिए। मेयरमा प्रतिस्पर्धा गरेर तेस्राे भएका राना लगत्तै प्रतिनिधिसभाकाे चुनावका बेला नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved