अर्थोडोन्टिक चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नेपालभ्युज

अर्थोडोन्टिक चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं। चितवनमा अर्थोडोन्टिक चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ।

चितवन मेडिकल कलेज परिसरमा आजबाट तीनसम्म शुरु हुने सम्मेलन कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रोफेसर डा. हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेका थिए। उक्त अवसरमा बोल्दै उनले मेडिकल सिटीका रूपमा विकसित चितवनमा दन्त चिकित्साअन्तर्गत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एशोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धि हासिल हुने बताए।

उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

स्वदेश तथा विदेशबाट आएका चिकित्सहरूले हासिल गरेको टेक्निक र फेकल्टीहरूद्वारा सहभागीलाई प्रशिक्षणसँगै विभिन्न प्रस्तुतिसहितको छलफल राखिएको सम्मेलनका संयोजक प्राडा वसन्त श्रेष्ठले जानकारी दिए।

दातको समस्यासँगै अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नयाँ उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा. दशरथ काफ्लेले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved