चलचित्र क्षेत्रका समस्या समाधानका लागि पहल गर्नेछु : गृहमन्त्री खाँण

नेपालभ्युज

चलचित्र क्षेत्रका समस्या समाधानका लागि पहल गर्नेछु : गृहमन्त्री खाँण
फाइल तस्वीर ।

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिएका छन्।

गृह मन्त्रालयमा आज चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाका माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको बताए।

भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र नीति, २०७१ कार्यान्वयनमा ल्याउन पहल गरिदिन गृहमन्त्री खाणसमक्ष अनुरोध गरेका थिए। त्यसको जवाफमा मन्त्री खाणँले समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन्।

भेटमा नायक भुवन केसी, नायिका एवं हास्यकलाकार दीपाश्री निरौला, चलचित्र निर्माता नवलसिंह खड्का, गायक हेमन्त शर्मालगायतको सहभागिता थियो। उनीहरूले विभिन्न पदकबाट राज्यले सम्मान गरेपछि आफूहरूलाई कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने ऊर्जा प्रदान भएकोसमेत बताए।

विदेशी चलचित्रले नेपालबाट पैसा लैजाने तर नेपाली चलचित्र बाहिर गएर नेपालमा पैसा भित्र्याउनसक्ने अवस्था नरहेको जानकारी गराउँदै कलाकारले नेपाली चलचित्रलाई विदेशमा समेत चल्नसक्ने बनाउने नीति निर्माणको पहल गरिदिन पनि आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved