काठमाडौं। सोमबार बिहान विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्कियो। ‘ल्याण्डिङ गेयर’मा समस्या आएपछि काठमाडौं फर्किएको जहाज अवतरण गर्न नसक्दा दुई घण्टा आकाशमै होल्ड भएको थियो।
त्रिभुवन विमानस्थलमा आधा दर्जनभन्दा बढी दमकल, एम्बुलेन्स र उद्वारकर्मीको व्यवस्थापछि उक्त जहाज काठमाडौंमा अवतरण भएको थियो। यद्दपि, अवतरणका क्रममा जहाजमा त्यस्तो कुनै समस्या भने देखिएन।
बुद्ध एयरको जहाज २ घण्टापछि सकुशल अवतरण
आजै बुद्ध एयरको अर्को जहाज पोखरामा अवतरण गर्न नसक्दा काठमाडौं फर्किएको थियो। सोमबार बिहान साढे ७ बजे पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिङ्जी शेर्पाकाअनुसार जहाजको ककपिटमा धुँवा देखिएपछि उक्त जहाजको आकस्मिक अवतरण गराइएको थियो। जहाजको प्राविधिक जाँचपछि समस्या नदेखिएपछि पुनः पोखराका लागि उडान भरेको जानकारी उनले दिए।
Facebook Comment
Comment