फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

फिलिपिन्समा प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या दुई करोड ८० लाख नाघेको छ।

नेपालभ्युज

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

एजेन्सी। फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको छ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी)ले बिहीबार जनाएअनुसार आँधीका कारण मृत्यु हुनेको संख्या २२४ जनाएको छ।

फिलिपिन्समा प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या दुई करोड ८० लाख नाघेको छ।

उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन्।

९-१२ अप्रिलमा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० ओटा पहिरो निम्त्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved