जनकपुरधाम। नेपाली कांग्रेस जनकपुरधाम नगर कार्यसमितिले गठबन्धनको यो निर्णय नमान्ने भन्दै उम्मेदवारहरूको टुंगो लगाएको छ।
जनकपुरधाम नगर कार्यसमितिका सचिव लालबाबु मिश्रले जनाएअनुसार नगर कार्यसमितिको बैठकले कांग्रेसको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा मनोज कुमार साह, किशोरी साह र राकेश विक्रम साहको नाम सिफारिस गरेको हो।
त्यस्तै, उपमेयरमा इन्दिरा चौधरी, रुना झा र शान्ति विष्ट घिमिरेको नाम सिफारिस गरिएको छ।
सचिव लालबाबु मिश्रले आफूहरू पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवारको नाम सिफारिस गर्न बैठक गरिरहेकै बेला केन्द्रीय गठबन्धनको निर्णय आएपछि नगर कार्यसमितिले गठबन्धनको यो निर्णय नमान्ने निर्णयसहित उम्मेदवारको टुंगो लगाएको बताए।
सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने भएपछि कांग्रेसले विरोधसमेत जनाएको थियो। बुधबार साँझ जनकपुरधामको विद्यापति चोकमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले गठबन्धनको विरोधमा प्रदर्शन गरेका हुन्।
Facebook Comment
Comment