जनकपुरधााम । मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जितेका गाउँ र नगर पालिकामा सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ।
जनकपुरमा सोमबार बसेको सत्तारुढ पाँच दलका प्रदेशस्तरीय नेताहरूको बैठकले निर्वाचनमा एमाले र लोसपाले जितेका पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी कांग्रेस प्रदेश कोषाध्यक्ष प्रदीप यादवले अन्य पालिकाहरूमा आवश्यकताअनुसार गठबन्धन गर्न सत्तारुढ दलबीच सहमति भएको बताए। भने, “प्रदेशभरमा लोसपा र एमाले जितेका ३३/३४ पालिकाहरूमा जसरी पनि गठबन्धन गर्ने र बाँकी पालिकामा आवश्यकता हेरी गठबन्धन गर्न हामी सहमत भएका छौं।”
उनले अन्य पालिकाहरूमा सत्तारुढ दलबीच प्रतिस्पर्धा हुने बताए। कांग्रेस नेता यादवका अनुसार गठबन्धनमा भागबण्डाबारे पालिकास्तरमै गठबन्धनका नेताहरूले निर्णय लिने जनाए।
गठबन्धन कुन पालिकामा आवश्यक्ता रहेकोबारे पाँच ओटै दलका जिल्ला सभापतिले रिपोर्ट बुझाउने र मंगलबार हुने प्रदेशस्तरीय नेताहरूको बैठकले निर्णय गर्ने कार्ययोजना रहेको कांग्रेस कोषाध्यक्ष यादवले बताए।
यद्यपि गठबन्धनको आधार केन्द्रले तोकेको मापदण्डअनुसार हुने जनाइएको छ।
Facebook Comment
Comment