लोसपाबाट मेयर सिफारिस वडाध्यक्ष एमाले प्रवेश, ओलीले खादा ओडाएर भित्र्याए

नेपालभ्युज

लोसपाबाट मेयर सिफारिस वडाध्यक्ष एमाले प्रवेश, ओलीले खादा ओडाएर भित्र्याए

जनकपुरधाम। लोसपाबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि सिफारिस वडाध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेका छन्।

जनकपुरधाम-७ का वडाध्यक्ष साह लोसपाबाट मेयरको टिकट पाउने सम्भावना नदेखेपछि एमाले प्रवेश गरेका हुन्। उनलाई मंगलबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।

साह २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले आगामी निर्वाचनको लागि लोसपाबाट मेयर पदका लागि दावेदार थिए। उनीलगायत लोसपाबाट ५ जनाको नाम पनि सिफारिस भएको थियो।

तर, टिकट पाउने सम्भावना न्यून देखेपछि लोसपा छाडेर एमाले प्रवेश गरेका हुन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved