आठौँ नेपाल फर्मा एक्स्पो ९ वैशाखदेखि चितवनमा हुने

आठौँ नेपाल फर्मा एक्स्पो ९ वैशाखदेखि चितवनमा हुने

चितवन।आठौँ नेपाल फर्मा एक्स्पो २०२२ यही ९ वैशाखदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना गरेको हो।

सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन्। नेपाल, भारत र बङ्गलादेशको एउटा स्टल रहने उहाँले जानकारी दिए। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा भाग लिनेछन्। एक्स्पोको अवसर पारेर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन्।

नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियललगायतमा पछिल्लो समयमा भएका विकासको प्रदर्शनी हुने क्षेत्रीले जानकारी दिए। उनले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण औषधि उत्पादन हुनसक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए।

संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसपटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानमा केन्द्रित हुने बताए। उनले विगत २० वर्षदेखि हरेक दुई–दुई वर्षमा नेपाल फर्मा एक्स्पो हुँदै आएको भए पनि कोभिडका कारण रोकिएको बताए। यसपटक आठौँ एक्स्पो हुन लागेको हो। एक्स्पो १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। यसअघिको सातौँ एक्सपो पनि चितवनमा नै भएको थियो। एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved