सर्लाही । लालबन्दी नगरपालिकामा नेकपा (एमाले)ले मेयर उम्मेदवारका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेले आज बहालबाला मेयर मानबहादुर खड्का, वडाध्यक्ष उज्जवल कार्की र २ जना महिलासहित ९ जनाको नाम सिफारिस गरेको छ।
मेयरमा सिफारिस हुनेहरूमा कार्की र खड्कासहित गोविन्द बहादुर महत, नवराज मिश्र, पवित्रा कुमारी घिमिरे, प्रभु नारायण शिवाकोटी र बेचुराज तिमल्सिना छन्। कार्की वडा नम्बर छ का वडाध्यक्ष हुन्।
त्यस्तै उपमेयरमा अहिलेकी उपमेयरसहित ११ जनाको नाम सिफारिस भएको छ। एमाले सर्लाही नेता कुलप्रसाद गौतमले जानकारी दिए। ७४ सालको स्थानीय निर्वाचनमा एमालेले ठूलो मतान्तरले यहाँ प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो भने नेकपा माओवादी केन्द्र दोस्रो भएको थियो।
त्यस्तै नगरपालिकाका १७ ओटै वडामा भने भोलि (सोमबार) वडाध्यक्षहरूको नाम सिफारिस गरिने गौतमले जानकारी दिए।

Facebook Comment
Comment