श्रीलंकामा सेयर बजार ५ दिनका लागि बन्द

श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएपछि मुख्य स्टक एक्सचेन्ज ‘कोलम्बो स्टक एक्सचेन्ज’ बन्द हुने भएको छ।

नेपालभ्युज

एजेन्सी। श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएपछि मुख्य स्टक एक्सचेन्ज ‘कोलम्बो स्टक एक्सचेन्ज’ बन्द हुने भएको छ। अप्रिल १८ बाट ५ दिनका लागि बन्द गरिने घोषणा गरिएको छ। श्रीलंकाको धितो पत्र आयोगले देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर कोलम्बो स्टक एक्सचेन्जलाई यस्तो आदेश दिएको हो।

कुल ८१ अर्ब डलरको अर्थतन्त्र भएको श्रीलंकामा यस वर्ष ८ अर्ब ६ करोड डलर ऋणको दायित्व छ। तर, श्रीलङ्का सरकारले केही समयका लागि सबै वैदेशिक ऋणको भुक्तानी स्थगित गरेको छ।

हार्ड डिफल्ट हुनबाट जोगिनका लागि श्रीलङ्काले केही समय अन्य देशको ऋण तिर्न नसक्ने घोषणा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved