पन्ध्रौँ दरबारमार्ग महोत्सव सम्पन्न

नेपालभ्युज

पन्ध्रौँ दरबारमार्ग महोत्सव सम्पन्न

काठमाडौं। कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा ‘१५ औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना भएको छ।

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली उत्पादन, स्थानीय परिकार र नेपाली कला संस्कृतिको प्रदर्शन गरिएको थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घ, रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डको आयोजना भएको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन रहेको थियो।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका तथा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएका थिए। महोत्सवस्थलमा ६० वटा विभिन्न स्टल रहेका थिए। दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी सङ्ग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा विभिन्न स्टल राखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved