सर्लाहीबाट ओलीले भने, ‘मधेशवादी दलले जनतालाई भ्रममा पारे’

नेपालभ्युज

सर्लाहीबाट ओलीले भने, ‘मधेशवादी दलले जनतालाई भ्रममा पारे’

सर्लाही। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दलले जनतालाई भ्रममा पारेर विकासका कामहरूमा अवरोध गरेका आरोप लगाएका छन्।

पार्टी प्रवेश कार्यक्रमका लागि आज मलंगवा पुगेका अध्यक्ष ओलीले मधेशवादी दल नक्कली मुक्तिदाता भएको पनि बताए। उनले मधेशवादी दलले नै जनतालाई अल्मल्याएर, अशान्ति फैलाएर, मसिहा बन्न खोजेको आरोप लगाए। उनले भने, “मधेशी जनताले भोगेको समस्यालाई समाधान नगरेर मधेशका मसिहा भन्नेहरू नक्कली मुक्तिदाता हुन्।

एमालेले मधेशमा थुप्रै विकासका काम गरेको बताएका उनले मधेशमा नै एमालेविरुद्ध षडयन्त्र भइरहेको बताए। “एमालेको विरोध गर्दागर्दै मेरो नेतृत्वको सरकार बनेपछि २०७२ सालमा २० वर्षदेखि बन्न नसकेको हुलाकी सडक बनाउने निर्णय गरेको थिएँ। १० अर्ब हुलाकी सडकका लागि छुट्याएको सबैलाई जानकारी गराउन चाहन्छौं,” उनले भने

मधेशीलाई नागरिकताको समस्या समाधान गर्ने काम पनि एमाले भएको उनको दाबी थियो। उनले भने, “आज मधेश होस् कि पहाड, हिमाल होस् कि तराई, पूर्व होस् कि पश्चिम, देशभरिका तमाम ज्येष्ठ नागरिकलाई भत्ता दिने काम एमालेले गरेको छ।

आफू प्रधानमन्त्री भएपछि जनकपुरमा रेलको लिक बनेको पनि उनले दाबी गरे। संसद अवरोध गर्दा अध्यादेश ल्याएर भए पनि मधेशी जनताले भोगेका नागरिकका समस्या समाधान गर्न आफूहरूले खोजेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved