नेपालले यसै महीना जिम्बाबेसँग एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्ने

नेपालभ्युज

नेपालले यसै महीना जिम्बाबेसँग एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौं। नेपालले यसै महीना (वैशाख) को तेस्रो साता जिम्बाबेसँग एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएको छ। सिरिजको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सार्वजनिक गरेको छ।

दुवै सिरिजका खेलहरू नेपालमा नै आयोजना हुुँदैछ। तर सिरिजमा नेपालको राष्ट्रिय टिमले जिम्बाबेको राष्ट्रिय टिमसँग नभई जिम्बाबेको ए टिमसँग तीन-तीन म्याचको दुई सिरिज खेल्न लागेको हो। १७ वैशाखदेखि पहिले तीनओटा एकदिवसीय सिरिज हुनेछ भने २३ वैशाखदेखि टी-ट्वान्टी क्रिकेट सिरिज सञ्चालन हुँदैछ।

जसका लागि जिम्बाबेको ए टिम १५ वैशाखमा नेपाल आइपुग्नेछ। जिम्बाबेको ए टिम भएकाले यो सिरिजका म्याचले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अन्तर्राष्ट्रिय एकदिवसीय र टी–ट्वान्टी मान्यता भने पाउने छैन।

नेपालले गत महीना घरेलु मैदानमा नै भएको क्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved