१५ औँ दरबारमार्ग महोत्सवको तयारी पूरा

नेपालभ्युज

१५ औँ दरबारमार्ग महोत्सवको तयारी पूरा

काठमाडौं। नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिवारदेखि दरबारमार्गमा आयोजना हुने महोत्सवको तयारी पूरा भएको छ। कोभिड–१९ ले थलिएको ‘लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य : स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो।

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा आयोजना हुन लागेको हो। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ।

सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक उद्घाटन शनिवार विहान ११ः४५ बजे हुनेछ। गीत संगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहका सहित यो महोत्सव बेलुका ८ः १५ बजेसम्म आयोजना गरिनेछ।

महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु पनि प्रदर्शनीमा राखिने छन्। त्यसैगरी महोत्सवमा महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा रहने छन्। महोत्सवस्थलमा ६० वटा स्टल रहनेछन्।

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र सालिकसम्म र उत्तरतर्फ नारायणहिटी सङ्ग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ। साथै सातै प्रदेशबाट विभिन्न जात जातिको साँस्कृतिक नृत्यहरु दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ।

विश्वभरि महामारीको रुपमा पैmलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। हाल ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved