गृहमन्त्रीलाई भेटेर प्रकाण्डले भने- मुद्दा फिर्ता गरेर कार्याकर्ताको रिहाइ गर्नुपर्‍यो

गृहमन्त्री खाँणले कानूनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताएका थिए।

नेपालभ्युज

गृहमन्त्रीलाई भेटेर प्रकाण्डले भने- मुद्दा फिर्ता गरेर कार्याकर्ताको रिहाइ गर्नुपर्‍यो

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ।

गृहमन्त्रालयमा आज भएको भेटमा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

भेटमा प्रवक्ता विश्वकर्माले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका थिए।

गृहमन्त्री खाँणले कानूनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved