काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिको दुवाकोटमा प्रयोगशाला र एक्सरे सेवा सञ्चालनमा आएको छ। दुवाकोटमा बन्ने तयारीमा रहेको वीर अस्पतालको प्रोजेक्टकै ठाउँमा प्रयोगशाला र एक्सरे सेवा शुरु गरिएको हो।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पोखरेलले दुवाकोटका स्थानीयबासीसँग गरिएको वाचा पूरा भएको बताए।
फार्मेसी सञ्चालनको विषयमा पनि योजना बनाइरहेको उनले बताए।उनी भन्छन् “बिरामी रेफर हुँदा वीरलाई प्राथमिकता दिनु पर्छ, यहाँको टिकटले फेरि वीरमा जानु प¥यो भने टिकटका लागि कुर्नु नपरोस् । ”
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले दुवाकोटमा प्रयोगशाला र एक्सरे सेवा शुरु गर्दै छिट्टै अन्य सेवा पनि सञ्चालन गर्ने बताए।
‘‘यो सुरुवात हो, प्याथोलोजी, एक्सरे सेवा शुरु भइसकेको छ अब अल्ट्रासाउन्ड पनि ल्याछौं र विशेषज्ञ चिकित्सक सहितको सेवा सुरु गर्छाै,’’ उनले भने।
दुवाकोटमा २ वर्षदेखि वीर अस्पताल सञ्चालन गर्ने भनेता पनि विभिन्न कारणले शुरु हुन नसकेको छैन। तर आजबाट एक्सरे र प्रयोगशाला सेवा सञ्चालन भएकोमा सपनाको केही अंश पूरा भएको चाँगुनारायण नगरपालिका मेयर सोम मिश्रले बताए।
उनी भन्छन्, “बजेट छुट्याउने, तर सदुपयोगबारे कुनै निष्कर्ष आएको थिएन सेवाभन्दा बाहिरका पुर्वाधारमा खर्च भएको थियो जनताको चाहना अनुसार ल्याब र एक्सरे आयो खुसी लाग्यो।”
Facebook Comment
Comment