हँसियाले हानेर श्रीमानको हत्यापछि प्रहरीकहाँ आत्मसमर्पण

नेपालभ्युज

हँसियाले हानेर श्रीमानको हत्यापछि प्रहरीकहाँ आत्मसमर्पण
सांकेतिक तस्वीर

कैलाली। कैलालीमा एक महिलाले हँसियाले हानेर श्रीमानको हत्या गरेपछि प्रहरीकहाँ आत्मसमर्पण गरेकी छन्। मोहन्याल गाउँपालिका १ की ३३ वर्षीया चुमाकुमारी बुढामगरले श्रीमान् नारायणको हत्या गरेकी हुन्।

आइतबार राति घरायसी विवादमा हँसिया प्रहारबाट श्रीमानको मृत्यु भएको थियो। सोमबार बिहान उनले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved