‘अपराध नियन्त्रणका गर्न समाजको सहयोग आवश्यक’

नेपालभ्युज

‘अपराध नियन्त्रणका गर्न समाजको सहयोग आवश्यक’

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन्।

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन’ कार्यक्रममा उनले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।

“समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने । सिसी क्यामरा नभएको ठाउँमा चोरीका घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको प्रहरी वरिष्ठ गिरीले बताए।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागि सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उनको भनाइ छ । सामुदायिक सेवा केन्द्रले टुँडालदेवी मन्दिर परिसरमा पाँचकोठे क्रियापुत्री भवन सञ्चालन गरेको छ । उक्त क्रियापुत्री भवनलाई आज समाजसेवी ओजस्वी शाहले २५ थान कम्बलसमेत वितरण गरेका छन्।

काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष मोहनबहादुर विष्ट, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाहलगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयवासीबीच सहकार्यको खाँचो रहेको बताए । विसं २०५९ मा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौँ–४ मा हुने विकृति विसङ्गति अन्त्यका लागि विभिन्न सामाजिक काम गर्दै आएको केन्द्रकी प्रमुख, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमलाले जानकारी दिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्वअधिकृतलगायतको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved