५४ जिल्लामा कांग्रेसको गाउँ–नगर अधिवेशन शुरु

तयारी नपुगेकाले काठमाडौं, नवलपरासी, सिन्धुली, काभ्रे लगायतका जिल्लामा आज अधिवेशन हुन सकेन।

नेपालभ्युज

५४ जिल्लामा कांग्रेसको गाउँ–नगर अधिवेशन शुरु

काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि ५४ जिल्लाको गाउँ–नगर अधिवेशन शुरु भएको छ।

शनिबार ६४ जिल्लाको अधिवेशन तोकिएकोमा तयारी नपुगेका १० जिल्ला बाहेकका जिल्लामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

उनकाअनुसार तयारी नपुगेकाले काठमाडौं, नवलपरासी, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा आज अधिवेशन हुन सकेन।

दशैंअघि ७७ ओटै जिल्लाको गाउँ–नगर र हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो। तर पार्टी सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेताबीच सहमति जुट्न नसक्दा १३ जिल्लाको वडा अधिवेशन नै पनि हुन सकेको छैन।

कांग्रेसले ९ मंसिरदेखि १३ सम्म १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपनि क्रियाशिल सदस्यता विवादका कारण प्रदेश दुुईका आठसहित १३ जिल्लामा कांग्रेसले वडा अधिवेशन शुरु गर्न नसकेको हाे।

विवाद समाधानका लागि पार्टीले दुईओटा समिति बनाएको छ।

समस्या समाधानका लागि कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिबीच शुक्रबार मात्रै पनि छलफल भएकोमा सहमति जुट्न सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved