देउवाले माओवादीको भविष्य छैन भनेर गठबन्धन गरौँ भन्नुभयो : शशांक

नेपालभ्युज

देउवाले माओवादीको भविष्य छैन भनेर गठबन्धन गरौँ भन्नुभयो : शशांक

काठमाडौं। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले माओवादीको भविष्य नै नभएकाले गठबन्धन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

कांग्रेसनिकट नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उनले सभापति शेरबहादुर देउवाको सल्लाहमा माओ‌वादीसँग गठबन्धन गर्ने तयारी गरिएको बताए।

‘‘मेरो दृष्टिकोणमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने हो तर शेरबहादुरजीलाई भन्दाखेरि उहाँले माओवादीको भविष्य नै छैन, धेरै माओवादी एमाले प्रवेश गरिसकेका छन् जुन बचेकाहरू छन् उनीहरूले कोहीसँग सम्बन्ध गाँस्नुपर्छ र हामीले नगाँसे पुन: एमालेकहाँ जान्छन्,” उनले भने, ‘‘एमाले र माओवादी मिले पूर्व चुनावमा हामी २३ सिटमा मात्र झरेका थियौँ त्यही होला कि भन्ने उहाँको चिन्ता स्वभाविक हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved