काठमाडौं। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकालाई मुलुककै उत्कृष्ट स्थानीय तह बनाएको दाबी गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गरी उनले आफू निर्वाचित भएरको पाँच वर्षमा ललितपुरलाई मुलुकको अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रूपमा चिनाएको बताए।
उनले पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका कामहरूको बारेमा जानकारी दिए। पाँच वर्षमा महानगरबाट कुल २३ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। उनले यस अवधिमा सडक निर्माणलगायत विकास आयोजनामा सफलता प्राप्त गरेको दाबी गरे। उनले महानगरभित्र वडास्तरीय तथा नगरस्तरीय गरी सात हजार पाँच सय विकास आयोजना सम्पन्न गरेको बताए।
मेयर महर्जनले रिङ रोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको बताए। महानगरभित्रका अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले १० लाखसम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको जानकारी उनले दिए।
Facebook Comment
Comment