डब्लूएचओको स्थापना दिवस मनाइँदै

आज विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को स्थापना दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विश्वव्यापी स्वास्थ्यको लागि महत्त्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रुपमा यस दिनलाई उपयोगसमेत गरिन्छ।

नेपालभ्युज

डब्लूएचओको स्थापना दिवस मनाइँदै

काठमाडौं। आज विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विश्वव्यापी स्वास्थ्यको लागि महत्त्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रूपमा यस दिनलाई उपयोगसमेत गरिन्छ।

स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम आयोजना गर्छ। यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ।

आजकै दिन अर्थात् सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो। विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो।

हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ। विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो।

सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउने निर्णय गरेको थियो। पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved