नवलपुर अदालतले पनि पल शाहलाई पुर्पक्षका लागि थुनामा पठायो

नेपालभ्युज

नवलपुर अदालतले पनि पल शाहलाई पुर्पक्षका लागि थुनामा पठायो

काठमाडौं । १८ वर्षभन्दा कम उमेरकी बालिकामाथि यौन शोषण गरेको आरोपमा जिल्ला अदालत तनहुँबाट पुर्पक्षका लागि जेल चलान भएका पल शाह (पूर्णविक्रम शाह) लाई जिल्ला अदालत नपलपुरले पनि पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।

बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको हो। अदालतको आदेशपछि अहिले उनलाई तनहुँ कारागार लैजाने तयारी भइरहेको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए।

नवलपुर अदालतले बकपत्रका लागि पनुः ७ वैशाखमा आउन भनेको छ।

वलपुर अदालतमा शाहविरुद्ध थुनछेक बहस आज साँझ सकिएको हो। उनीविरुद्ध आज नवलपुर अदालतमा ३ जना सरकारी वकिल बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस गरेका थिए। तीनैजनाले कानुनअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसहित थुनामै राखेर अनुसन्धान अगाडि बढाउनुपर्ने तर्क पेश गरेका थिए।

तीनै जनाले आज दिउँसो १ बजे आफ्नो बहस सकेका थिए। आरोपित शाहका तर्फबाट ९ जना वकिलले बहस गरेका थिए। वरीष्ठ अधिवक्ता वेदुनाथ खनाल र कमलामोहन वाग्ले, अधिवक्ताहरू गणेशप्रसाद अधिकारी, भानुभक्त सुवेदी, जनकराज ढुङ्गाना, चेतनारायण भुषाल, मिलनध्वज शाही, माधव घिमिरे र बालकृष्ण गैह्रैले शाहका पक्षमा बहस गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved