आठ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

नेपालभ्युज

आठ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

काठमाडौं। प्रहरीले जुवाको खालबाट १३ जुवाडेलाई पक्राउ गरेको छ।

चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, आठ लाख २२ हजार रुपैयाँ सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved