ट्युसन पढ्न हिँडेकी किशोरीको शव भेटियो, हत्याको आशंका

उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १५ वर्षीय कविता सुनुवारको रहस्यमय हत्या भएको छ।

नेपालभ्युज

काठमाडौं। उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १५ वर्षीय कविता सुनुवारको रहस्यमय हत्या भएको छ। आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी उनको शव बिहान ७ बजे फेला परेको उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए।

घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हत्या आशङ्कामा प्रहरीले शव भेटिएको ठाउँ नजिकेको एक घरको दाजु बहिनीलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved