बुढानिलकण्ठमा इनारभित्र खसेकी महिलाको सकुसल उद्धार

नेपालभ्युज

बुढानिलकण्ठमा इनारभित्र खसेकी महिलाको सकुसल उद्धार

काठमाडौं। नेपाल प्रहरीले काठमाडौँको बुढानिलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ। प्रहरीको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुसल उद्धार गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको जानकारी दिए।

उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन्। “अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको अहिले बुढानिलकण्ठ नगरपालिका–१३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ”, उनले भने।

अचेत अवस्थामा रहेकी शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved