एजेन्सी । युक्रेन युद्धमार्फत युरोपलाई विभाजित गर्न हप्तौंदेखि असफल रहिआएका रूसी राष्टपति भ्लादिमिर पुटिनले यस सप्ताहन्तमा दुई ठाउँमा कुटनीतिक विजय हासिल गरेका छन्।
हंगेरी र सर्बिया दुबैमा रूसनिकट पार्टीहरूले सहज रूपमा संसदीय निर्वाचन जितेका छन्। पश्चिमा जगतबाट चर्को निन्दा र प्रतिबन्ध समेत खेपेका पुटिनका लागि यो सुखीको अवसर हो। एनले पश्चिममा पनि महत्वपूर्ण स्थानमा आफ्नो साथी पाउनेछन्।
सबैभन्दा महत्वपूर्ण विजय हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्बनको नाममा रह्यो। एनको नेशनलिस्ट पार्टी फिडेस्जले भारी मतान्तरले चुनाव जित्यो। हंगेरी नाटो र युरोपेली युनियन दुबैको सदस्य हो, यी दुबै संस्थालाई पुटिन निकै घृणा गर्छन्। आफ्नो घृणित संस्थानका शीर्ष नेताहरूमध्ये एक व्यक्ति आफ्नै साथी हुनुको लाभ पुटिनलाई मिल्नसक्छ।
आइतबार राति आफ्नो विजयी सम्बोधनका क्रममा अर्बनले नाम नतोकी युरोपेली युनियन (ईयू) का नेताहरू आफूलाई हराउन लागि परेको आरोप लगाए। युक्रेनी राष्ट्रपति जेलेन्स्कीको उनले नामै किटे।
युक्रेनलाई युद्धको बेला सहयोग नगर्ने भन्दै जेलेन्स्कीले अर्बनको खुलेयाम आलोचना गर्दै आइरहेका छन्।
यता, अर्बन विजयी हुनासाथ पुटिनले बधाई दिएका छन्। तर, अर्बनको विजयले सांकेतिक विजयभन्दा रूसका लागि थप अर्थ राख्छ भन्ने विश्वास कसैलाई पनि छैन।
अर्बन विजयी हुने यसअघि नै अपेक्षा गरिएको थियो र ईयूले उनको नेतृत्वमा वर्षौंदेखि हंगरीसँग सहकार्य गरिरहेको छ। रूसमाथि प्रतिबन्ध लगाउने ईयूको निर्णयमा अर्बन पनि सहमत छन् र उनले युक्रेनमाथिको हमलाको विरोध नै गरेका छन्।
तर, युक्रेनी सेनाको सहयोगमा पठाइएका हतियार निर्यातका लागि आफ्नो भूमि प्रयोग नहोस् भन्नेमा हंगेरी सतर्क छ। रूसबाट उर्जा निर्यात गर्ने विषयमा जारी ईयूको छलफलमा हंगेरी एक मुख्य सरोकारवाला पक्ष हो।
रूसबाट ग्यास आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णयको विपक्षमा अर्बन छन्।
हंगेरीको यो अस्विकृतिले उसको मुख्य साथी पोल्यान्डलाई पनि चिढ्याएको छ। पोल्यान्ड अर्को देशको जसले युरोपको कानुन उल्लंघन गरिरहन्छ, उसले हंगरीलाई पछिल्ला वर्षमा धेरैपटक ईयूको सजाय हुनबाट बचाएको छ।
यसका लागि उसले आफूसँग भएको भिटो प्रयोग गरेको थियो। तर के पोल्यान्डले युक्रेन युद्धपछि पनि हंगरीलाई त्यसरी छैन बचाउँछ ? यो स्पष्ट छैन।
किनकी पोल्यान्ड युक्रेनमा हतियार र अत्यावश्यक सबै सामाग्री ढुवानीका लागि आफ्नो भूमि प्रयोग गर्न दिन तयार छ। जसमा हंगेरीको असहमति छ।
हंगेरीमाथि ईयूको मुल्य मान्यताभित्र नरहेको आरोप लाग्नेगर्छ। मानवअधिकार उल्लंघन, सांस्कृतिक संस्थानहरूको कटौती र प्रेस स्वतन्त्रतामाथिको नियन्त्रणजस्तो आरोप यस देशमाथि लाग्ने गरेको छ।
ईयूको स्तरबाट हंगेरीमाथि कारबाही गर्ने धेरै प्रयास भएपनि त्यो सफल हुन सकेन। किनकी, कुनै पनि अर्थपूर्ण कारबाहीका लागि ईयू सदस्य सबै राष्ट्रहरु भोट खसाल्न तयार हुनुपर्छ।
पोल्यान्ड र हंगेरीले लामो समयसम्म एक अर्काको भिटो प्रयोग गर्दै एकअर्कालाई जोगाए। यसका बाबजुद पोल्यान्ड ईयूभित्रर्को चर्को रुस विरोधी देशमध्ये एक हो। यता, हंगेरीले रूससँग पनि सम्बन्ध बिगारेको छैन। त्यहीकारण युद्ध सकिएपछि उनीहरूबीचको सम्बन्ध के हुन्छ भन्ने प्रश्न तेर्सिएको छ।
र, युद्ध शुरू भएयता ईयूका अधिकारीहरूले पोल्यान्डलाई बाँकी युरोपसँग थप निकट बनाउनका लागि फकाउन घाँस हाल्ने काम गरिरहेका छन्। जबकी, हंगेरीलाई उनीहरूले गर्ने व्यवहार फरक छ।
सर्बिया, न ईयू न नाटोको सदस्य राष्ट्र हो। त्यसैगले यहाँ अवस्था फरक छ। उसले ईयूको सदस्यताका लागि आवेदन दिएको छ र उक्त आवेदनले स्विकृति पाउन केही समय लाग्छ।
सर्बियाका राष्ट्रपति अलेक्स्यान्दर भुकिक रूसले युक्रेनमा आक्रमण थालेयता कठिन अवस्थामा थिए। उनले वर्षौदेखि रूस र पश्चिमा जगत् दुबैसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास गरेका थिए। उनी ईयूमा आफ्नो देशलाई सदस्य बनाउन चाहन्छन्।
चुनावी अभियानमा पनि उनी आफ्नो सन्तुलित विदेश नीतिको अडानबाट डग्मगााएनन्। सर्बिया लगभग पूर्ण रूपमा रूसी ग्यासमा निर्भर छ। यहाँको सेनाले पनि रूसी सेनासँग सहकार्य गरेको छ।
युक्रेनमाथिको रूसी आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसंघले ल्याएका दुई संकल्प प्रस्तावको पक्षमा उभिएपनि रूसविरुद्ध प्रतिबन्ध लगाउन सर्बिया सहमत भएन। कोसोभोको स्वतन्त्रतालाई लिएर आन्दोलनरत सर्बियाका विपक्षीहरूविरुद्ध पनि सर्बियाको सरकारलाई रूसको साथ छ छ, संयुक्त राष्ट्र संघमा कोसोभोको सदस्यताको विषयलाई अघि बढ्नबाट रूसले रोकेको छ।
गत सप्ताहन्तको निर्वाचनको नतिजाले पुटिनको अनुहारमा हाँसो छाएको र ईयूका नेताहरूको हात टाउकोमा पुगेको विषयमा कमैलाई मात्रै दुविधा होला, विशेषगरी हंगेरीको नतिजाले यो अवस्था निम्त्याएको छ।
तर यसका बाबजुद ईयूका लागि अर्बन नौलो होइनन्। अर्बन फेरि दोहोरिनु भनेको फेरि पुरानै कुराहरु दोहोरिनु हो। ईयूका फराकिला योजनाहरूमा उनी बाधकका रूमा खडा हुनसक्छन्, उनको विजयलाई पुटिनले प्रोपोगान्डाका रूपमा पनि प्रयोग गर्नसक्छन्।
। तर, ईयूले वर्षौंदेखि अर्बनसँग वर्षौंदेखि काम गरिरहेको छ, वर्षौदेखि कसरी काम गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको छ। अफ्टेरो परे उनलाई भगाउनुपर्छ भन्ने पनि तयारी छ।
तर भाग्नभन्दा ईयूभित्रै बसेर समस्या बढाउनमा अर्बनलाई ज्यादा खुसी छ।
सीएनएनबाट साभार ।
Facebook Comment
Comment