जनकपुरधाम। कुटपिटबाट बालकको मृत्यु भएको भन्दै सप्तरीमा एक शिक्षकविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ स्थित सोनरा राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत ९ वर्षीय बालक कमल यादवको ५ चैतमा निधन भएको थियो। शनिबार करीब साढे तीन बजे बालकको मृत्यु भएपपछि बुवा डम्बर नारायणले प्रहरीसमक्ष जाहेरी दिएका हुन्।
गत २३ फागुनमा विद्यालयका प्रधानाध्यापक बसन्त कुमार चौधरीको कुटाइबाट बालक घाइते भएका थिए। उपचारको क्रममा ५ चैतमा बालकको मृत्यु भएको परिवारले जनाएको हो।
बालकको शवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले मुचुल्का तयार गरी राजविराजस्थित गजेन्द्र नारायण सिहं अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको थियो। उक्त घटनापश्चात् त्रासले विद्यालयमा विद्यार्थी जान नमानेका अभिभावक तथा अवकाशप्राप्त सशस्त्रका डीएसपी उपेन्द्र प्रसाद मण्डलले बताए।
प्रअ चौधरी ४ चैतदेखि ११ गतेसम्म बिदा बसेका थिए। उनी १८ गते शुक्रबार आएर १३ देखि १८ गतेसम्मको हाजिरी पुस्तिकामा हाजिर गरेका पनि स्थानीयले बताए।
Facebook Comment
Comment